२५ साउन, काठमाण्डौ । नेपालमा उत्पादन भएको ‘नाउ’ ब्रान्डका जिन्सका कपडा
विदेशमा नियति हुन थालेको छ । बैदेशिक रोजगारीवाट फर्केका चार युवा मिलेर
खोलेको ‘दी साइरिस’ कम्पनीले उत्पादन गरेको नेपाली ब्रान्ड विदेशका रेडिमेट
कपडा आउटलेटमा उपलब्ध हुन थालिसकेको छ । ‘हामीले पठाएको पहिलो लटवाट
राम्रो प्रतिक्रिया पाएका छौँ । कम्पनीका प्रबन्ध निर्देशक अजित कार्कीले
भने ।
उनीहरुले क्यानडामा ‘जी ब्रदर इन्क’ नामक कम्पनी स्थापना गरेका
छन् । त्यसले यहाँ उत्पादित कपडाको बजारीकरण गर्छ । निर्यात गर्न ‘नाउ’
अथेन्टिक ब्रान्डका कपडा बजारमा नाउ पि्रमियम ब्रान्डका कपडा उपलब्ध छन् ।
कार्की सहित पोखराका चन्द्रमान गुरुङ, पंकज श्रेष्ठ र हिमान गुरुङले
राजधानीको धापासीमा डेढ करोड लगानीमा कम्पनी स्थापना गरेका थिए ।
अथेन्टिकमा जापानी हाते तानमा बुनेको सेलभेज डेनिम कपडा प्रयोग हुने
सञ्चालक श्रेष्ठले बताए । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘चर्चित कम्पनी लिभाइजले प्रयोग गर्ने यो कपडाको माग उत्तरी अमेरिकामा धेरै
छ , उनले भने,’त्यहाँ त्यस्तो कपडा निकै महँगो छ । नेपालमा श्रमिक ज्याला
न्यून भएकाले सस्तो मूल्यमा उपलब्ध गराउन सक्छौ ।’