Welcome to our website

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate velit esse cillum dolore eu fugiat nulla pariatur. Excepteur sint occaecat cupidatat non proident, sunt in culpa qui officia deserunt mollit anim id est laborum. ed ut perspiciatis unde omnis iste.

Friday, 9 August 2013

भारतले किन भन्छ, गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर ??

भारतको यो हेपाई को जिम्मेदार को त??

युवाहरुको लागी ऊपयोगी टिप्स- डण्डीफोरबाट बच्ने उपाए !!


डण्डीफोरबाट बच्ने घरेलु उपाय.... डण्डीफोर आमतवरले युवावस्थामा नै आउँछ । डण्डीफोरले अनुहारको आकर्षा नै समाप्त हुन्छ । डण्डीफोर बढी तैलीय छालामा, कब्जियतका कारणले, चाँयाको कारणले वा तनावको कारणले हुने गर्छ । यदि तपाई पनि डण्डीफोरको कारणले हैरान हुनुहुन्छ भने बजारमा पाइने कुनै क्रिम लगाउनुको साटो केही घरेलु उपायहरु अपनाउन सक्नु हुन्छ । - नीमको पात उमालेर त्यसको पानीले अनुहार पखाल्नुस् । ... - आलुलाई काचकुच पारेर अनुहारमा लगाउनुस् । डण्डीफोरका दागहरु हट्दै जान्छन् । - मुलतानी माटोको फेस फैकले डण्डीफोरमा लाभ हुन्छ । किनभने मुलतानी माटोले छालाको तैलीयता कम गर्छ । - बरफको प्रयोगले पनि डण्डीफोरमा आराम पुग्छ । १५-२० मिनेटसम्म अनुहारमा वरफ लगाएर त्यसपछि ल्वाङ्गको तेल लगाउनुस् । - काँचो दुधमा अलिकति वेसन मिलाएर पेष्ट बनाउनुस् र यसलाई अनुहारमा लगाउनुस् । हल्का सुखिसके पछि अनुहार पखाल्नुस् । - मह, दही र अण्डाको सेतो भाग एक ठाउँमा मिलाएर दिनमा एक पटक लगाउनुस् । - डण्डीफोरलाई पटक पटक हातले नछुनुस् । यसले इन्फेक्सन हुन सक्छ । - कुनै पनि केमिकलयुक्त क्रिमको प्रयोग अनुहारमा नगर्नुस् । - चनाको दाल र सुन्तलाको बोक्रा पानीमा भिजाएर राखेर मोलायम भइसके पछि पेष्ट बनाएर अनुहारमा लगाउनुस् । १५ मिनेटसम्म अनुहारमा लगाएर पखाल्नुस्

विदेशी बजार लिँदै नेपाली ब्रान्डेड जिन्स..

२५ साउन, काठमाण्डौ । नेपालमा उत्पादन भएको ‘नाउ’ ब्रान्डका जिन्सका कपडा विदेशमा नियति हुन थालेको छ । बैदेशिक रोजगारीवाट फर्केका चार युवा मिलेर खोलेको ‘दी साइरिस’ कम्पनीले उत्पादन गरेको नेपाली ब्रान्ड विदेशका रेडिमेट कपडा आउटलेटमा उपलब्ध हुन थालिसकेको छ । ‘हामीले पठाएको पहिलो लटवाट राम्रो प्रतिक्रिया पाएका छौँ । कम्पनीका प्रबन्ध निर्देशक अजित कार्कीले भने ।
उनीहरुले क्यानडामा ‘जी ब्रदर इन्क’ नामक कम्पनी स्थापना गरेका छन् । त्यसले यहाँ उत्पादित कपडाको बजारीकरण गर्छ । निर्यात गर्न ‘नाउ’ अथेन्टिक ब्रान्डका कपडा बजारमा नाउ पि्रमियम ब्रान्डका कपडा उपलब्ध छन् । कार्की सहित पोखराका चन्द्रमान गुरुङ, पंकज श्रेष्ठ र हिमान गुरुङले राजधानीको धापासीमा डेढ करोड लगानीमा कम्पनी स्थापना गरेका थिए । अथेन्टिकमा जापानी हाते तानमा बुनेको सेलभेज डेनिम कपडा प्रयोग हुने सञ्चालक श्रेष्ठले बताए । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘चर्चित कम्पनी लिभाइजले प्रयोग गर्ने यो कपडाको माग उत्तरी अमेरिकामा धेरै छ , उनले भने,’त्यहाँ त्यस्तो कपडा निकै महँगो छ । नेपालमा श्रमिक ज्याला न्यून भएकाले सस्तो मूल्यमा उपलब्ध गराउन सक्छौ ।’

फेरी अर्की बालिका बलात्कृत

रौतहटमा १३ वर्षीया बालिका बलात्कृत

२५ साउन, रौतहट । रौतहटको गंगा पिप्रा-४ कि १३ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति आफ्नै घरमा सुतिरहेकी बालिकालाई दुई युवकले घरबाट बाहिर लगी बलात्कार गरेका हुन् । शुक्रबार बिहान स्थानीय तथा प्रहरीले बाँसघारीमा अचेत अवस्थामा बालिका देखेपछि उद्दार गरी जिल्ला अस्पताल गौर पुर्‍याएका थिए ।

उनलाई स्थानीय बच्चु महतो र अर्का एक व्यक्तिले निदाएकै अवस्थामा बोकेर लगेको पीडित बालिकाले बताएकी छिन । ‘बुवा-आमा पल्लो कोठामा सुत्नु भएको थियो । म र भाई यता अर्को कोठामा सुतेकी थिए । राति अचानक निद्रा खुल्दा दुई युवकले आफूलाई बाँस घारीमा ल्याएको देखेँ’ पीडित बालिकाले भनिन्-’दुई जना मध्ये एक जनालाई चिन्छु त्यो बच्चु थियो अर्कोलाई चिन्न सकिन ।’

घटनामा संलग्न रहेको आरोप लागेका स्थानीय बच्चु महतोलाई प्रहरीले पक्राउ गरेको छ भने अर्का आरोपी फरार रहेको प्रहरी उपरीक्षक गोबिन्द राम परियारले जानकारी दिनु भएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Free Samples By Mail