रौतहटमा १३ वर्षीया बालिका बलात्कृत
२५ साउन, रौतहट । रौतहटको गंगा पिप्रा-४ कि १३ वर्षीया एक बालिकामाथि
सामूहिक बलात्कार भएको छ । बिहीबार राति आफ्नै घरमा सुतिरहेकी बालिकालाई
दुई युवकले घरबाट बाहिर लगी बलात्कार गरेका हुन् । शुक्रबार बिहान स्थानीय
तथा प्रहरीले बाँसघारीमा अचेत अवस्थामा बालिका देखेपछि उद्दार गरी जिल्ला
अस्पताल गौर पुर्याएका थिए ।
उनलाई स्थानीय बच्चु महतो र अर्का
एक व्यक्तिले निदाएकै अवस्थामा बोकेर लगेको पीडित बालिकाले बताएकी छिन ।
‘बुवा-आमा पल्लो कोठामा सुत्नु भएको थियो । म र भाई यता अर्को कोठामा
सुतेकी थिए । राति अचानक निद्रा खुल्दा दुई युवकले आफूलाई बाँस घारीमा
ल्याएको देखेँ’ पीडित बालिकाले भनिन्-’दुई जना मध्ये एक जनालाई चिन्छु त्यो
बच्चु थियो अर्कोलाई चिन्न सकिन ।’
घटनामा संलग्न रहेको आरोप
लागेका स्थानीय बच्चु महतोलाई प्रहरीले पक्राउ गरेको छ भने अर्का आरोपी
फरार रहेको प्रहरी उपरीक्षक गोबिन्द राम परियारले जानकारी दिनु भएको छ ।
0 comments:
Post a Comment