डण्डीफोरबाट बच्ने घरेलु उपाय....
डण्डीफोर आमतवरले युवावस्थामा नै
आउँछ । डण्डीफोरले
अनुहारको आकर्षा नै समाप्त हुन्छ ।
डण्डीफोर बढी तैलीय छालामा,
कब्जियतका कारणले, चाँयाको कारणले
वा तनावको कारणले हुने गर्छ ।
यदि तपाई पनि डण्डीफोरको कारणले
हैरान हुनुहुन्छ भने बजारमा पाइने
कुनै क्रिम
लगाउनुको साटो केही घरेलु उपायहरु
अपनाउन सक्नु हुन्छ ।
- नीमको पात उमालेर त्यसको पानीले
अनुहार पखाल्नुस् ।
... - आलुलाई काचकुच पारेर
अनुहारमा लगाउनुस् ।
डण्डीफोरका दागहरु हट्दै जान्छन् ।
- मुलतानी माटोको फेस फैकले
डण्डीफोरमा लाभ हुन्छ । किनभने
मुलतानी माटोले छालाको तैलीयता कम
गर्छ ।
- बरफको प्रयोगले
पनि डण्डीफोरमा आराम पुग्छ । १५-२०
मिनेटसम्म अनुहारमा वरफ लगाएर
त्यसपछि ल्वाङ्गको तेल लगाउनुस् ।
- काँचो दुधमा अलिकति वेसन मिलाएर
पेष्ट बनाउनुस् र यसलाई
अनुहारमा लगाउनुस् । हल्का सुखिसके
पछि अनुहार पखाल्नुस् ।
- मह, दही र अण्डाको सेतो भाग एक
ठाउँमा मिलाएर दिनमा एक पटक
लगाउनुस् ।
- डण्डीफोरलाई पटक पटक हातले
नछुनुस् । यसले इन्फेक्सन हुन सक्छ ।
- कुनै पनि केमिकलयुक्त
क्रिमको प्रयोग अनुहारमा नगर्नुस्
।
- चनाको दाल र
सुन्तलाको बोक्रा पानीमा भिजाएर
राखेर मोलायम भइसके पछि पेष्ट
बनाएर अनुहारमा लगाउनुस् । १५
मिनेटसम्म अनुहारमा लगाएर
पखाल्नुस्
0 comments:
Post a Comment